मस्टामाण्डौको पायडीमा नेकपा एमालेको टोल कमिटी गठन


पैरवी खबर

साफेबगर :नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटी मस्टामाण्डौले टोल कमिटी गठन गर्ने कार्यलाई तीव्रता दिएको छ । साफेबगर नगरपालिका ४ मस्टामाण्डौको पायडीमा गोरख बुड्थापाको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

जस्मा उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ , सचिव टंकेश्वरी ओड , उप सचिव सागर बुड्थापा , सदस्य रुप ओड गरि अन्य सदस्य रहेका छन ।
वडा कमिटी अध्यक्ष राजेन्द्र कोलिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरिण्ड कुवर र बिशिस्ट अतिथि जि क स झङ्कर कुवर रहनुभएको थियो ।

नगर कमिटी अध्यक्ष ललित कुवर , पुर्ब जिल्ला कमिटी सदस्य लालबहादुर रावत , पुर्ब जिल्ला सल्लाहकार सदस्य मनविर भुल , पुर्ब गाबिस अध्यक्ष धन बहादुर भण्डारी , जातीय मुक्ति समाज अछामका कोसाध्यक्ष केवल सि आउजी , नगर कमिटी सदस्य ईश्वर श्रेष्ठ , पुन्ना कुवर अतिथि रहनु भएको थियो ।

कार्यक्रममा पार्टीले गरेका कार्यक्रमको बिगत र आगामी दिनको समिक्षा गरिएको छ ।
वडा कमिटी सदस्य बिनोद कुवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन उप सचिव भगवती कुवरले गर्नुभएको थियो ।