नेकपा माओवादी केन्द्र नगर कमिटी साफेबगरले २७ औ जनयुद्ध दिवस दीप प्रज्वलन सहित भब्यताका साथ आज साफेबगरमा मनाएको छ । दिवसकै अवसरमा माओवादी केन्द्र नगर कमिटी साफेबगरको कार्यालय पनि उद्घाटन गरिएको छ ।
नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावल प्रमुख अतिथि र माओवादीका नेता सुरत भुल बिशिस्ट अतिथि रहनु भएको थियो ।
माओवादी केन्द्र प्रदेश कमिटी सल्लाहकार सदस्य टेक बहादुर बुढा , नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य रामबहादुर कुवर, नेकपा एमाले जिल्ला कमिटी सदस्य बालगिरी कुवर , नेकपा एकीकृत समाजवादीका अमृता खड्का , माओवादी केन्द्र नगर कमिटी उपाध्यक्ष गङ्ग रावत, चक्र चाड , प्रेम बिक , कोसाध्यक्ष मिना कुवर , नगर कमिटी सदस्य हिरिण्ड ठकुल्ला , कमल परियार , निर्माण ब्यवसायी संगठन केन्द्रिय दिल बहादुर रावल , एकीकृत अखिल नेपाल शिक्षक संगठन का कालुसिह परियार , अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष पुजा बुढा , वाइसीएल नगर अध्यक्ष कबिन्द्र परियार , वडा कमिटी जाल्पादेवीका अध्यक्ष नेत्र परियार,वडा कमिटी सिद्धेश्वरका अध्यक्ष अमर भुल , सहिद परिवारका अनिता देवी ओड , बिन्द्रा देवी ओड , डम्बर ओड , नरेन्द्र कुवर अतिथि रहनुभएको थियो ।
कार्यक्रममा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावल , सहिद कृष्ण ओडकी श्रीमती बिन्द्रा ओड र खकेन्द्र ओडकी श्रीमती अनिता ओडलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
नगर कमिटी उपाध्यक्ष प्रेम बिकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सह सचिव हङ्श राज थापाले गर्नुभएको थियो ।