नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्र मेल्लेख संगठन कमिटीले अाज २७ अाैं जनयुद्ध दिवस काे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । मेल्लेख संगठन कमिटी का अध्यक्ष ज्वालासिंह साउद काे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रम का प्रमुख अतिथि नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य बालाराम उपाध्याय र बिशिस्ट अतिथि जिल्ला कमिटी सदस्य गम्भीर साउद रहनुभएको थियो । रक्तदान कार्यक्रममा माअाेवादी केन्द्र का ५ जना युवाले रक्तदान गरेका छन । साथै रक्तदान कार्यक्रममा जनयुद्ध मा साहदत गर्नुहुने सहिद परिवार का परिवारलाई सम्मान तथा शुभकामना अादानप्रदान पनि गरेकाे छ संगठन कमिटी ले जनाएको छ । कार्यक्रममा नेकपा माअाेवादि केन्द्र का मेल्लेख संगठन कमिटी सचिवालय सदस्य राजेन्द्र बुढा ,रमेश बहादुर खड्का लागायत नेता कार्यकर्ता काे सहभागिता रहेका थियाे ।