साफेबगर : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र साफेबगर नगर संगठन कमिटीको पदाधिकारी बैठक साफेबगरमा सम्पन्न भएको छ ।
नगर संगठन कमिटी अध्यक्ष रंग बहादुर ठकुल्लाको अध्यक्षतामा भएको बैठकमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावल , नेता सुरत भुल , अनेरास्ववियु क्रान्तिकारीका कबिन्द्र परियार , माओवादी केन्द्र नवाठाना वडा संगठन कमिटी अध्यक्ष नवराज बुढा , सिद्धेश्वर वडा संगठन कमिटी सचिव नरेन्द्र कुवरको उपस्तिथि रहेको थियो ।
बैठकमा पार्टीका गतिविधिहरु अगाडी बढाउने , साफेबगर नगरपालिका प्रत्येक वडाहरुमा संगठन बिस्तार गर्ने र आउदो फागुन महिनाको १ गते जनयुद्ध दिवस भब्य रुपमा साफेबगरमा मनाउने लगाएतका निर्णय गरिएका छन ।