साफेबगर :नेपाल कम्युनिस्ट पार्टी ( एमाले )अछामका नव निर्वाचित जिल्ला कमिटी सदस्यहरुलाई सम्मान तथा स्वागत गरिएको छ । नेकपा एमाले वडा कमिटी मस्टामाण्डौको आयोजनामा एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।वडा कमिटी अध्यक्ष राजेन्द्र कोलिको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जिल्ला कमिटी सदस्य बालगिरी कुवर, हिरिण्ड कुवर, झङ्कर कुवर, सुरत भुल, साफेबगर नगर कमिटी अध्यक्ष ललित कुवर, पूर्ब जिल्ला कमिटी सदस्य लालबहादुर रावत , नगर कमिटी सचिवालय सदस्य एवं कार्यालय सचिव गणेश कुवर, नगर कमिटी सचिवालय सदस्य जानकी लुहार , पुर्ब गाविस अध्यक्ष धन बहादुर भण्डारी , पुर्ब गाविस उपाध्यक्ष टंक मिजार , पूर्ब नेकपा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य मनविर भुल , पुर्ण बहादुर कुवर , किसान संघ पुर्ब जिल्ला कमिटी सदस्य नैनसिंह कुवर , नगर कमिटी सदस्य पुन्ना कुवर, शिक्षक संगठन साफेबगरका काेषाध्यक्ष चक्र कुवर , नेपाल जातीय उत्पीडित मुक्ति समाज पुर्ब उपाध्यक्ष केवल आउजी , अनेरास्ववियु अछाम जिल्ला कमिटी सदस्य एवं क्याम्पस बिभाग प्रमुख भिम बडाहित , एमालेका नेता ईश्वर श्रेष्ठ , शोवराज उपाध्याय अतिथि रहनुभएको थियो । कार्यक्रममा मस्टामाण्डौका विभिन्न टोलहरुमा टोल कमिटी गठन गर्ने , स्व . बल बहादुर सुनारको निधन प्रति शोक प्रस्ताव पारित र फागुन ५ गते उहाको निधन प्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभा गर्ने निर्णय गरिएको छ। वडा कमिटी सदस्य बिनोद कुवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन उप सचिव भगवती बोगटी कुवरले गर्नुभएको थियो ।