स्थानीय तहको चुनावको तयारीमा जुट्यो समाजवादी


पैरवी खबर

नेकपा एकिकृत समाजवादी अछामको दोस्रो पदाधिकारीको वैठक सदरमुकाम मंगलसैनमा सम्पन्न भएको छ ।

एकिकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टाराईको अध्यक्षतामा भएको वैठकमा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका केन्द्रिय सचिव, सुदूरपश्चिम प्रदेश कमिटी ईन्चार्ज मदन कुमारी शाह ‘गरिमा’ रहनुभएको थियो ।

वैठकका प्रमुख अतिथि शाहले पार्टीका नेताकार्यकर्तालाई स्थानीय तहको चुनावको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।
वैठकमा १० वटै पालिकाका अध्यक्ष ईन्चार्जहरुले पार्टी अवस्थाका वारेमा रिपोर्टिङ्ग गरेका थिए । समाजवादीले १० वटै पालिकामा कमिटी गठन ९१ वटा मध्ये ८० भन्दा वडामा कमिटी गठन गरेको जिल्ला अध्यक्ष हिरण्ड भट्टाराईले जानकारी दिनुभएको छ । अध्यक्ष भट्टाराईले अव १० वटै पालिकामा चुनावि कार्यक्रम सुरु गरिने पनि जानकारी दिनुभयो ।

वैठकमा नेकपा एकिकृत समाजवादीका स्थानीय कमिटी सदस्य भानुभक्त जोशी, केन्द्रिय कमिटी सदस्य, प्रदेश कमिटी उपाध्यक्षद्धय शेर बहादुर कुँवर र हर्क बहादुर सिंह, केन्द्रिय कमिटी सदस्य, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, केन्द्रिय सदस्य अछाम ईन्र्चाज कुल बहादुर कुँवर, केन्द्रिय कमिटी सदस्य, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री मिना साउद, प्रदेश कमिटी सदस्य जिल्ला कमिटीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । वैठकको सञ्चालन पार्टी सचिव नवराज साउदले गर्नुभएको थियो ।