साफेबगर :महेन्द्र माध्यमिक बिधालय बयालपाटाका सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा माक्सहरु वितरण गरिएको छ ।
युवा संजाल साफेबगर अछाम(YNSA ) को पाँचौ वार्षिक उत्सवको आवसरमा १० जना विद्यार्थीहरुलाई सामग्री बितरण गरिएको हो ।
युवा संजालका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रम मा संजालका सल्लाहकार समिति सदस्य धनराज जोशी , रमण भट्ट , टेक साउद, पत्रकार रमेश परियार , संगीता बोहराको उपस्तिथि रहेको थियो ।
युवा संजाल साफेबगर अछामले नगरपालिकामा बेला -बेला रक्तदान कार्यक्रम , बजार तथा धार्मिक स्थलमा सरसफाइ कार्यक्रम , गरिब दिन :दुखीहरुलाई आर्थिक तथा भौतिक सहयोग , जस्ता कार्यक्रम गर्नुका साथै सास्कृतिक तथा साहित्य क्षेत्रलाई बचाउन संजालले निकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ ।