अछाम :मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।छेडेदह गाउपालिका बाजुरा बाट बाम्का बजार जाने क्रममा हिजो राति ११ बजे बाम्का बजार नजीक : सु.प.प्र, ०१-००८प ४०५० नम्बरको मोटर साइकल दुर्घटना भएको हो । मोटरसाइकल सडक देखि करिब १०० मिटर तल खसेको छ । मृत्यु हुनेमा साफेबगर नगरपालिका ०४ मस्टामाण्डौ भन्डारीगाउँ निवासी बर्ष ३५का बल बहादुर सुनार रहेका छन । मृतक सुनार बिगत लामो समय देखि बाम्का बजारमा सुन चादिको पसल को ब्यवसाय गरिराख्नु भएको थियो ।त्रिबेणि नगरपालिका ४ बिमेली बस्ने घाइते गगन साउदको एउटा हात भाचिएको र बाङ्गगारा समेत भाचिएको छ । उहाको बयालपाटा अस्पतालमा उपचार भै रहेको छ ।