रमन भट्ट
१९ माघ २०७८
अछाम जिल्लामा विगत एक दशक देखि युवाहरूकाे नेतृत्व व्यक्तित्व विकासका साथै युवाहरू माझ निकै लाेकप्रिय र सबैकाे साझा संस्थाकाे रूपमा स्थापित अछाम जेसिजले वर्ष २०२२ का लागि अाफ्नाे शाखाकाे सदस्यता खुल्ला गरेकाे छ।
बुधबार अछाम जेसिजका अध्यक्ष सिद्ध राज ढुंगानाद्धारा हस्ताक्षारित सूचना सार्वजनिक गर्दै अछाम जेसिजले १८ देखि ४० वर्ष उमेर समूहका जेसिजमा अावद्व हुन चाहाने
युवाहरूका लागि नँया सदस्यता खुल्लाकाे अावहान गरेकाे छ।
अछाम जेसिज वर्ष २०२२ का अध्यक्ष सिद्धराज ढुंगानाकाे अध्यक्षतामा मंगलबार बसेकाे कार्यसमितिकाे दाेस्राे बैठकले नँया सदस्यता खुल्ला गर्ने निर्णय गरेकाे हाे । बुधबार अछाम जेसिजले सूचना प्रकाशित गर्दै फाल्गुन पन्ध्र गते भित्र नँया सदस्यता हुने समयावधि सहितकाे सूचना सार्वजनिक गरेकाे छ।
युवाहरूकाे व्यक्तित्व,नेतृत्व विकासका साथै साेचमा समेत सकारात्मक परिर्वतन गराई सामाजिक सेवामा अभिप्रेरित गराउने उदेश्यका साथ सन् २०१३ मा स्थापित अछाम जेसिजले जिल्लामा पर्यटन प्रवर्द्धन, कु-संस्कारकाे अन्यत, पुरातात्त्विक महत्वकाे संरक्षणकाे अभियान, युवा उधमशिलता, व्यक्तित्व विकास लगायतका तालिम, रक्तदान कार्यक्रम ,पर्यटकीय स्थलकाे प्रचार-प्रसार, राहात वितरण, जिल्लामा युवा सूचना केन्द्र स्थापना लगायतका थुप्रै रचनात्मक र सृजनात्मक कार्य गर्दै अाइरहेकाे छ।
अछाममा युवाका क्षेत्रमा क्रियासिल अछाम जेसिजले विगत केही वर्ष देखि जिल्लाका सम्पूर्ण ग्रामिण भेगका युवाहरूलाई जेसिजमा जाेड्न नसकेकाे बताउदै जिल्लाका दुर दराजका ग्रामीण भेगका युवाहरूलाई समेत जेसिजमा अावद्द गराई सृजनसिल र रचनात्मक कार्यमा अग्रसर गराउने उदेश्यका साथ नँया सदस्यता खुल्ला गरेकाे अध्यक्ष ढुंगानाले बताउनु भयाे।
साथै उहाँले कैलाश खाेला जलविद्युत मर्मत, कमलबजार एरपाेर्ट संञ्चालन, साँफे एरपाेर्ट स्थर उन्नती र अछाम दरवारकाे पुनः निर्माणका लागि अछाम जेसिजले दबावमुलक अभियानहरू समेत संञ्चालन गर्ने जानकारी दिनुभयाे।