माघ १९
नेपाल रेडक्रस साेसाइटी उपा शाखा मेल्लेख काे सभा अाज मेल्लेख गाउपालिकाकाे जनता मा. वि .मा सम्पन्न भएकाे छ
रेडक्रस उपशाखा मेल्लेख का अध्यक्ष हेमराज उपाध्याय काे अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाह रहनु भएको थिए। यस्तै सभा का विशिस्ट अतिथि मेल्लेख का निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का र नेपाल रेडक्रस साेसाइटी अछाम जिल्ला शाखा सदस्य भिम बहादुर खडका रहनु भएको थियो । सभा बाट नरपति रावल सभापति रहने गरि ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेकाे छ
जसकाे उपसभापति गंगाराम खत्री सचिब भिम बहादुर अधिकारी काेषाध्यक्ष तेज बहादुर साउद , सदस्य हेमराज उपाध्याय ,चन्द्रबहादुर साउद ,दिर्घ बहादुर खडका ,दान बहादुर बुढा ,बुद्धि सिह बुढा, लालबहादुर चदारा, देवसरा रावल, लागायतका सदस्यहरु रहेका छन । सभा बाटै ११जना अाजिवन सदस्य थप गरेकाे छन भने ५ जनालाई जिल्ला प्रतिनिधि काे रुपमा चयन गरिएकाे छ ।
चन्द्रबहादुर साउदकाे स्वागत मनतब्य बाट सुरु भएकाे सभा काे संचालन सचिव भिम बहादुर अधिकारि ले गर्नु भएकाे थियो ।सभा मा जनता मा बि मेल्लेखका प्र अ नृप बहादुर बिक शिक्षक ,राम बहादुर साउद दल बहादुर बुढा लगायत ले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


