स्वर्गीय पत्रकार एल.बि.बिश्वकर्माको परिवारलाई राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला समिति अछामले क्रिया खर्च स्वरुप आर्थिक सहयोग गरेको छ । साफेबगर नगरपालिकाका केहि कर्मचारी , नगर का दलित अगुवाहरु बाट आर्थिक संकलन गरि संकलन रकममा संघले आफ्नो तर्फबाट पनि संयुक्त्त रूपमा रु.१८०००/ सहयोग गरेको छ । परिवारको आर्थिक अवस्था कमजोरका कारण तत्काल क्रिया खर्चमा टेवा पुगोस् भन्ने उद्देश्यले यो रकम हस्तान्तरण गरिएको हो । रामारोशन गाउँपालिका ५ नेटाकोट अछाम स्थित स्व. पत्रकार एल.बि .बिश्वकर्माको घरमा गैइ उहाँकै श्रीमती , बुवा र भाइलाई रकम हस्तान्तरण गरिएको हो । दलित पत्रकार संघले उहाको परिवारलाई सहयोगार्थ आर्थिक संकलन कार्यक्रम अझै जारी राखेको छ । यतिबेला संघ संस्था, सरोकारवाला निकायहरुले विभिन्न मध्यमद्वारा उहाँको परिवारलाई आर्थिक सहयोग गर्ने भने तापनि प्रत्यक्ष रूपमा अहिलेसम्म कसैले पनि सहयोग नगरेको परिवारको भनाइ रहेको छ । दलित पत्रकार संघले उहाको परिवारलाई आवश्यकतानुसार जतिबेला जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संघले आर्थिक सहयोग गर्न दलित अगुवा र अन्य सहयोगी दाताहरुलाई समेत आग्रह गरेको छ । स्व. पत्रकारको श्रीमतीले आफ्नो नाबालक छोराको भबिस्यको बारेमा सोचिदिन र परिवारलाई तत्काल राहत उपलब्ध गराइदिनका लागि सरकारलाई माग गर्नुभएको छ । रकम हस्तान्तरणका क्रममा संघका अध्यक्ष सुरत सुनार, सचिव रमेश परियार सह-सचिव नृप बि.क, सशक्त युवा नरेश बि.क मृतक परिवारको घरमा जानुभएको थियो ।