सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण(वेष्ट) परियोजना लागू भएका वडामा गठित आत्मा निर्भर समुहका बैठक नियमित रुपमा सञ्चालन हुदै आएका छन । वाक नेपाल र क.ेएन.एच. द्धारा सञ्चालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण कार्यक्रम लागू भएका वडामा आत्म निर्माण समुहका बैठक नियमित रुपमा सूचारु भइरहेका छन । कार्यक्रम लागू भएको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको कोटवडामा गठित खपारमाण्डौ आत्मा निर्भर समुह र त्रिपुरा आत्मा निर्भर समुहको छुट्टाछुट्टै बैठकमा आत्मा निर्भर समुह सदस्यहरुको बचतको अवधारणा, बचत गर्ने भावनाको विकास तथा बचत प्रति विश्वस सृजनाको बारेमा छलफल गरिएको छ। यस्तै हात्म निर्भर समुहमा बचत के हो, बचतले भोलिका दिनमा के फाईदा हुन्छ लगाएतका विषयमा छलफल गरिएको थियो। खपारमाण्डौ आत्मा निर्भर समुहका आशा बि.क. र त्रिपुरा आत्मा निर्भर समुहका रम्बि बि.क.को अध्यक्षतामा छुट्ट्छुै बैठक भएका थिए। महिला सशक्तिकरण परियोजनाले पिछडिएका तथा पछि परेका महिला तथा बाल बालिकाको सामाजिक, आर्थिक क्षेमता बृद्धि विकास गर्ने उद्धेश्यले कार्यक्रम संचालन गरिएको छ। यस अघि उक्त समुहमा समुदाय अवलोकन, घर भेट, सामाजिक नक्सा र सम्पन्नता स्तरिकरण गरिएको जनाईएको छ। बैठकमा वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमका अधिकृत सत्य स्वार, सशक्तिकरण सहजकर्ता अप्सरा बुढा महता, आत्मा निर्भर समुहका सदस्यहरुको सहभागिता सहभागिता रहेको थियो।