४ माघ २०७८
अछाम : अछाम जेसिजकाे ८ अाैं साधारण सभा तथा शाखा अधिवेशनबाट बर्ष २०२२ काे अध्यक्षमा जेसि सिद्धराज ढुंगाना सर्वसम्मत रूपमा चयन भएका छन्।
अछाम जेसिजमा बिगत लामाे समयदेखि आवद्ध भइ नेपाल जेसिजले संञ्चालन गरेका राष्ट्रिय देखि जिल्ला स्तरका विभिन्न कार्यक्रममा सक्रिय सहभागीता जनाइसकेका ढुंगाना अछाम जेसिज बर्ष २०२१ का कार्यकारी उपाध्यक्ष समेत हुन्। पहाडी विकट अछाम जिल्लाकाे मंगलसेन न.पा. वडा न ५ मा बुवा महादेव ढुंगाना र अामा काेकिला ढुंगानाकाे कान्छाे सन्तानकाे रूपमा बि.स.२०५१ चैत्र २९ गते नवनिर्वाचित अध्यक्ष सिद्ध राज ढुंगानाकाे जन्म भएकाे थियाे।
तत्कालीन समयमा मंगलसेनमा संञ्चालनमा रहेकाे श्री बराइल्यान्ड इङलिस बोर्डिङ स्कुलबाट अाैपचारिक रूपमा अध्ययनकाे सुरूवात गरेका ढुंगानाले बिस २०६६ सालमा षाेडशा देबि माध्यामिक बिद्यालयबाट SLC पास गरेका थिए । त्यस्तै २०६९ मा ईन्टर (+२) म्यानेजमेन्ट बिषयमा र २०७३ मा ब्याचलर(शिक्षा बिषयमा) पास गरेका ढुंगाना अहिले अछाम बहुमुखी क्याम्पसमा EPM बिषयमा मास्टर डिग्रीकाे चाैथाे सेमेष्टारमा अध्यनरत बिद्यार्थी हुन्। भने BBS र कानुन बिषयकाे समेत बिद्यार्थी रहेका ढुंगाना डबल ईन्टर,ब्याचलर र डिग्री गर्नु पर्छ भन्ने मान्यताका साथ जन्ता बहुमुखी क्याम्पस बयलपाटामा CPM बिषयमा माष्टर डिग्रीमा भर्ना भै अध्ययन समेत गरिरहेका छन्।
अध्ययन संगसंगै अछाम जेसिज बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाहीकाे कार्यसमितिमा अाैपचारिक रूपमा आवद्ध भएका ढुंगाना बर्ष २०२० मा तुलाराम बि सि चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष पदमा निर्वाचित हुदा उहा भने निर्बिराेध उपाध्यक्ष मा निर्वाचित भएर (बाेर्ड) कार्यसमितिमा समावेश भएका थिए। उक्त कार्यकाल र अछाम जेसीज लाई सफल बनाउनका लागि अतुलनीय र महत्वपुर्ण याेगदान/भुमीका निर्वाह गरेकाे भन्दै बर्ष २०२० का अध्यक्ष तुलाराम बिसि बाट तत्कालीन(बर्ष २०२०) का सचिव टेकराज भण्डारी संगसंगै उपाध्यक्ष सिद्ध राज ढुंगानाले समेत
`उत्कृष्ट जेसी अवार्ड २०२०´ समेत प्राप्त गरी सम्मानित समेत भएका थिए। त्यसैगरी बर्ष २०२१ का अध्यक्ष अम्मरनाथ न्याैपान्यकाे कार्यसमितिकाे कार्यकारिणी उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका ढुंगाना पाेखरामा भएकाे नेपाल जेसीजकाे ४८ अाैं राष्ट्रिय अधिवेशनमा अछाम जिल्लाबाट प्रतिनिधिकाे रूपमा सहभागीता जनाएका ढुंगानाले नेपाल जेसिजले संञ्चालन गरेका थुप्रै तालिम र बैठकहरूमा समेत सहभागीता जनाइ जेसिज अभियानलाई नजिक बाट बुझेका ढुंगानकाे अध्यक्ष जस्ताे गरिमामय पदका अागमन भएसंगै अाम जेसिज युवाहरूमा खुसियाली छाएकाे छ भने जिल्ला बासीहरू उत्साहित भएका छन्। अछाम जेसिजकाे अाठाै अधिवेशनले नँया नेतृत्व चयन पश्चात् कार्यसमितिकाे (पदभार) सपथग्रहण कार्यक्रमकाे अायाेजना यहि माघ ५ गते हुने भएको छ ।