नेकपा एमाले आठौं अधिवेशनमा अध्यक्षमा निर्वाचित चन्द्र वोहरा भन्दा अध्यक्षमा पराजित प्रकाश शाहले खुल्ला सदस्यमा भने वढी मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा निर्वाचित चन्द्र वोहराले २ सय ६७ मत ल्याउदा अध्यक्ष पराजित प्रकाश शाहले भने २ सय ९६ मत ल्याउनुभएको छ । वोहरा भन्दा शाहले २९ वढी मत ल्याउनुभएको छ । खुल्ला सदस्यमा शाह ५ नम्बरमा पर्ने भएको छ भने अध्यक्ष वोहरा १२ नम्वरमा पर्ने भएको छ । वोहरा प्यानलबाट सचिवमा पराजित आदर्श साउद खुल्ला सदस्यमा भने निर्वाचित भएका छन् । उहाँ खुल्ला सदस्यमा ९ नम्वरमा पर्नु भएको छ । अध्यक्षमा निर्वाचित वोहरा भन्दा उहाँकै प्यानलबाट सचिवमा पराजित साउदले ६ मत वढी ल्याउनुभएको छ ।


