विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदायका युवा नेता ढुङ्गाना एमाले अछामको जिल्ला कमिटी सदस्यमा भारी मतले विजयी


पैरवी खबर

अछाम : विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदायका युवा नेता क. सिद्ध प्रसाद ढुङ्गाना एमाले अछामको जिल्ला कमिटी सदस्यमा विजयी हुनु भएको छ। ढुङ्गानालाई बजारमा (६३) नामले गर्दा निकै चर्चामा आइरहेको छ। एमाले अछामको पार्टीमा भुमिका निर्वाह गरेपछि सबैको मन जित्दै युवा अबस्थामै सदस्य अत्याधिक मतका साथ विजयी भएका हुन।

ढुङ्गानाका सांगठनिक जिम्मेवारी रहेको यिनै हुन अनेरास्ववियु मावि प्रारम्भिक कमिटी सदस्य २०६४ श्री षोडश मा.वी मंगलसेन।,अनेरास्ववियु मा.वी प्रारम्भिक कमिटी सचिव २०६६ श्री षोडशा मा.वी मंगलसेन। काउन्सिल सदस्य २०६७ श्री शैलेश्वरी फारबेस्ट स्कुल अफ हेल्थ साइन्स धनगढी।काउन्सिल सभापति २०६८ श्री शैलेश्वरी फारबेस्ट स्कुल अफ हेल्थ साइन्स धनगढी।अनेरास्ववियु जिल्ला कमिटी सदस्य अछाम २०७० राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल केन्द्रीय कमिटी सदस्य २०७१ नेकपा (एमाले) अछाम काठमाडौँ सम्पर्क मञ्च सदस्य २०७२ नेकपा (एमाले) अछाम-काठमाडौँ सम्पर्क मञ्च सचिवालय सदस्य २०७३ नेकपा (एमाले) अछाम-काठमाडौँ सम्पर्क मञ्च सचिव २०७८ (हाल)अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य एवं अछाम जिल्ला सह-इन्चार्ज। (हाल)
कुल ७४९ मध्य २६९ मत ल्याएर खुल्ला तर्फ जिल्ला कमिटी सदस्यमा विजयी भएका हुन।

विगत लामो समय देखी एमालेमा सक्रिय रहनु भएका ढुङ्गानाले विजयी भएसँगै पार्टीमा थप क्रियाशील भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका छन।

यो जीत आफ्नो मात्र नभएर सम्पूर्ण एमाले कार्यकर्ता तथा शुभेच्छुकको जीत भएको बताउँदै बाँकी जीवन पनि पार्टी र जनताको हक हितमा खर्च गर्ने भनेका छन।अधिवेशनमा सर्वाधिक मत दिने सम्पुर्ण मतदातालाई उनले आभार सहित धन्यवाद दिएका छन।