टेकराज भण्डारी, पाैष २८, अछाम
नेकपा एमाले अछामकाे अध्यक्षमा चन्द्र बाेहरा विजयी हुनुभएको छ । आज सम्पन्न पदाधिकारीको मतगणनामा बाेहरा प्रतिद्वन्दी प्रकाश शाहलाई पराजित गर्दै विजयी हुनुभएको हाे ।
बाेहराले ४ सय ३१ मत ल्याई बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।
शाहले ३ सय ७ मत प्राप्त गर्नुभएको छ ।
बोहरा १ सय २४ मतान्तरले विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला कमिटी अध्यक्षमा पराजित शाह नेकपामन विवाद उत्पन्न भई समानान्तर कमिटी गठन हुँदा प्रचण्ड माधव पक्षबाट जिल्ला कमिटी उपाध्यक्ष रहनुभएकाे थियाे भने बाेहरा केपी ओली पक्षबाट जिल्ला अध्यक्ष हुनुभएको थियाे ।
हाल शाह भीम रावल निकट रहनुभएकाे थियाे । अध्यक्षमा शाह पराजित भए पनि अन्य पदाधिकारीमा भने शाह प्यानलका उम्मेद्वार विजयी भएका छन् ।
जसअनुसार उपाध्यक्षमा बाेहरा प्यानलका भीमबहादुर बिस्टलाई पराजित शाह प्यानलका बलबहादुर कुँवर विजयी भए । कुँवरले ३ सय ८६ मत पाउँदा विष्टले ३ सय १३ मत पाएका छन् ।
सचिवमा पनि आदर्श साउँदलाई १९५ मतले पछि पार्दै शाह प्यानलका भीम रावल विजयी भएका छन् । रावलले ४ सय ५३ मत पाउँदा साउँदले २ सय ५८ मत पाएका छन् ।
यस्तै उपसचिवमा शाह प्यानलका प्रेम बहादुर महर २ सय ५२ मत र बाेहरा प्यानलका डम्बर बहादुर बिसी २ सय ६० मतका साथ विजयी भएका हुन् ।
नयाँ नेतृत्वका लागी भएको निर्वाचनमा ७ सय ६२ अधिवेशन प्रतिनिधि मध्ये ७४९ जनाले मतदान गरेका थिए । अन्य सदस्य पदको मतगणना बुधबार राति नै सुरु गर्ने निर्वाचन अधिकारी ढुंगानाले जानकारी दिनुभयाे ।
सदस्यहरुमा समावेशी तथा भूगाेल तर्फबाट केही सदस्य निर्वाचित भैसकेका छन् । खुला २७ जना सदस्यका लागि ६७ जनाले प्रतिष्पर्धा गरेका छन् ।