मंगलसैन नगरपालिकामा भुमी अधिकार अभियान नगर समिति गठन गरिएको छ। दलित समुदायका अगुवा,नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सदस्य जितबहादुर निशानीको अध्यक्षतामा बसेको बैठकले टेकेन्द्र जैगडि अध्यक्षताम १५ सदस्यीय भुमी अधिकार अभियानको नगर समिति गठन गरेको हो । दलित समुदाय हक अधिकार, नगरमा भुमिहिन समुदायलाई जग्गा उपलब्ध गराउनको लागि समिति गठन गरिएको हो ।नगर समिति गठन कार्यक्रम मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सोडारि लगायतको सहभागीता रहेको थियो ।