नेकपा (एमाले) अछामको खुला सदस्यमा सा न पा ९ बुढाकोट निवासी दिपक कुँवरले उम्मेद्वारी दर्ता गराउनु भएको छ । ब्यापारबाट राजनीतिमा प्रवेश गर्नुभएका नेता द्वय सहयोगी, निष्ठावान र दृढताका साथमा जिम्मेवारी पूरा गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले सामुहिकतामै एकता देखेकोले पार्टीलाई बलियो बनाएर लैजाने भनाइ नेता कुवरको रहेको छ । विद्यार्थी राजनीतिबाट आबद्ध हुँदै एमालेका विभिन्न कमिटिमा काम गरेको राजनितिमा लामो अनुभव रहेको छ ।
राजनीतिसँगै निर्माण सम्बन्धि काममा संलग्न रहनुभएका दिपक कुँवरले पार्टीलाई एकताबद्ध बनाएर जिल्लाको विकासमा क्रियाशिलतका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ ।
सबैको भावना प्रतिनिधित्व हुने गरेर आफूले काम गर्ने भएकोले मत दिन सबै प्रतिनिधिमा अपिल गर्नुभएको छ ।