प्रकाश शाहको प्यानलद्धारा उम्मेदवारी दर्ता


पैरवी खबर

नेकपा एमालेको अछामको आठौं जिल्ला अधिवेशनका प्रकाश शाह नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। अध्यक्षमा प्रकाश शाह, उपाध्यक्षमा बल बहादुर कुँवर, सचिवमा भिम बहादुर रावल (कालोटोपी) उपसचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दिनु भएको छ। दुवै क्षेत्रलाई समेटेर साझा उम्मेदवार बनाएको सो टीमका एक उम्मेदवारले बताउनु भएको छ। नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गरिएको थियो। अर्को प्यानल चन्द्र बोहरा प्यानल केही समयमा उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको
जनाईएको छ ।