साफेबगर: प्रथम खुल्ला मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।माघ ३ गते देखि माघ ८ गते सम्म साफेबगर नगरपालीका ७ रिडीकोटमा रहेको बडासैन मैदान खुल्ला मेयर कप प्रतियोगिता सञ्चालन हुने आयोजक नौमुठे फुटबल कल्बले जनाएको छ ।
आईतबार कल्बले साफेबगरमा पत्रकार सम्मेलन गरि मेयर कप खुल्ला फुटबल प्रतियोगिता हुने जानकारी गराएको छ ।अछाम जिल्लामा फुटबलको बिकास गर्ने उदेश्यले खुल्ला मेयर कप आयोजना गरिएको आयोजकले जनाएको छ । खेलमा टीम दर्ता शुल्क ८ हजार कायम गरिएको ,खेलाडीलाई बस्न, होटलबाट खेल मैदान सम्म आउने जाने नि शुल्क ब्यावस्था गरिएको समेत आयोजक नौमुठे फुटबल कल्बले जनाएको छ ।
यस्तै खेलमा प्रथम हुने टीमलाई नगद १ लाख ११ हजार १ सय ११ द्धत्रियलाई ५५ हजार ५ सय ५५ सहित मेडल प्रमाण पत्र प्रदान गरिने छ ।
खेलमा मुख्य प्रयोजक साफेबगर नगरपालीका र सह प्रयोजक एन्जीला पुस्तक पसल रहेको छ । खेलमा उत्कृष्ट हुने ४ खेलाडीलाई नगद २ हजार प्रोतसाहज स्वरुप प्रदान गरिने आयोजक नौमुठे फुटबल कल्बले जनाएको छ ।खेलमा एन्फाबाट लाईसन्स प्राप्त रेफ्रीहरुले रेफ्रीको भुमीका निवार्ह गर्ने छन ।