नेकपा एमालेको अछामको आठौं जिल्ला सम्मेलनमा प्रकाश शाह नेतृत्वको प्यानल पाँच जना सम्भावित उम्मेदवारको टुंगो लागेको छ । अध्यक्षमा प्रकाश शाह, उपाध्यक्षमा कमलवजारबाट वलबहादुर कुँवर, सचिवमा पन्चदेवल विनायक नगरपालिकावाट प्रेम खत्री र उपसचिवमा मेल्लेखबाट प्रेम महर र साँफेबगर नगरपालिकाबाट पशुपति कुँवरलाई उम्मेदवार बन्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । दुवै क्षेत्रलाई समेटेर साझा उम्मेदावर बनाउनको लागि अहिले छलफल जारी रहेको छ । यदपी सम्भावित उम्मेदवारमा अध्यक्ष वाहेक अन्यमा फेरबदल हुने सम्भावना रहेको पनि स्रोतले जानकारी दिएको छ ।


