पूर्व वडा सदस्य भण्डारीकाे १३ औं दिनकाे पुण्यतिथिमा शाेक सभा


पैरवी खबर

पाैष २० अछाम

नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ६ काे वडा कमिटीले शाेक सभा तथा श्रद्धाञ्जली कार्यक्रम गरेकाे छ । तत्कालीन जनालीवण्डाली गाविस वडा नम्बरको १ बाट २०५४ सालकाे स्थानीय निकायकाे निर्वाचनमा वडा सदस्य निर्वाचित स्वर्गीय धाैलीदेवि भण्डारीकाे शाेक सभा तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको हाे ।

वडा कमिटी अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षतामा भएको भएकोे श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका पूर्व संगठीत सदस्य तथा तत्कालीन निर्वाचित वडा सदस्य धाैलीदेविकाे फाेटाेमा माल्यार्पण तथा अबिर चढाईएकाे थियाे । उहाँकाे गत पुस ७ गते निधन भएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य चन्द्र प्रसाद भण्डारी रहनु भएको थियाे । प्रमुख अतिथि भण्डारीले तत्कालीन अवस्थामा विभिन्न समस्या र चुनाैतिकाे सामना गर्दै एमालेका विचार तथा नीति अनुसार काम गरि पार्टीलाई पुर्याउनु भएको याेगदानकाे चर्चा गर्नुभयाे । उहाँले गर्नुभएका असल कामलाई आत्मसाथ गर्दै हरेक एमाले कार्यकर्ताले अघि बढ्नुपर्ने भन्दै विचार र सिद्धान्तमा अडिग रहनुपर्ने बताउनु भयाे ।

१३ औं दिनकाे पुण्यतिथिमा आयाेजित शाेक सभा कार्यक्रममा प्रेस चाैतारी अछामका अध्यक्ष टेकराज भण्डारी, एमाले पूर्व क्षेत्रीय कमिटी सदस्य टंकप्रसाद भण्डारी, शिक्षक संगठनका राजेश्वर भण्डारी, वडा कमिटी सदस्य नरपति भण्डारी, नगर कमिटी सदस्य बेद प्रसाद भण्डारी, हस्तना भण्डारी, प्रेम प्रसाद भण्डारी, हिरा प्रसाद भण्डारी, २०५४ सालमा निर्वाचित वडा सदस्य किथ्थे दमाई, अनेरास्ववियुका बालकृष्ण भण्डारी, टेकराज भण्डारी लगायतले शाेक व्यक्त गर्नुभएको थियाे ।

शाेक सभा कार्यक्रमकाे सञ्चालन वडा कमिटी सचिव तथा निर्वाचित वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीले गर्नुभएको थियाे ।