नेपाली काङ्ग्रेसले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगायो


पैरवी खबर

काठमाडौं:नेपाली कांग्रेस राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा कुमारी गुरूङ र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार बनाउने निर्णय गरेको छ ।

हालै सम्पन्न महाधिवेशनमा सहमहामन्त्रीमा पन्त पराजित भएकी थिइन् । यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए भने बस्नेतलाई तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रिय सभा सदस्य बन्न पाएका थिएनन् ।