यही माघ २३ गते सम्पन्न हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले ) जिल्ला कमिटी अछामको ८ औं जिल्ला अधिबेशनका लागि प्रतिनिधि छनौट कार्यक्रम साफेबगर नगरपालिका ४ न . वडा कमिटी मस्टामाण्डौमा सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष राजेन्द्र कोलिको अध्यक्षतामा भएको प्रतिनिधि छनौट कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य देबबहादुर कुवर प्रमुख अतिथि रहनुभएको थियो।जिल्ला कमिटी सदस्य एवं नगर इन्चार्ज पशुपति कुवर , जिल्ला कमिटी सदस्य बालगिरी कुवर , नेकपा एमाले साफेबगर नगर कमिटी अध्यक्ष ललित कुवर , नगर कमिटी कार्यालय सचिव गणेश कुवर , नगर कमिटी सदस्य ईश्वर श्रेष्ठ , केवल आउजी, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी काेषाध्यक्ष चक्र बहादुर कुवर , पेशागत महासङ्घ केन्द्रिय सदस्य भिम बुढा , जिल्ला सल्लाहकार :पूर्ण बहादुर कुवर , मनबिर भुल , पुर्ण बुढा , तेजबहादुर कुवर, ढकेन्द्र कुवर , नगर किसान संघका नैनसिंह कुवर अतिथि रहनुभएको थियो । वडा कमिटीका सम्पुर्ण पदाधिकारी तथा सदस्य लगाएत पार्टीमा आस्थावान विभिन्न भातृ संघ संगठनका प्रतिनिधिहरु र क्रियाशिल सदस्यहरु समेतको उपस्थिती रहेको थियो । कार्यक्रममा ८औं जिल्ला अधिबेशनका लागि १६ जना प्रतिनिधिहरु छनौट गरिएको छ ।वडा कमिटी उप सचिव भगवती कुवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव मुकेश थापाले गर्नुभएको थियो । ले गर्नुभएको थियो ।