साफेबगर : यही माघ २३ गते सम्पन्न हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले ) जिल्ला कमिटी अछामको ८ औं जिल्ला अधिबेशनका लागि प्रतिनिधि छनौट कार्यक्रम साफेबगर नगरपालिका ९ न . वडा कमिटी बुढाकोटमा सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष झप्पर थापाको अध्यक्षतामा भएको प्रतिनिधि छनौट कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य एवं जिल्ला कमिटी सदस्य दिपक कुवर प्रमुख अतिथि रहनुभएको थियो । प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य एवं जिल्ला कमिटी सदस्य , पुर्ब क्षेत्रीय सदस्य नरबहादुर कुवर , नगर सचिवालय सदस्य एवं वडा इन्चार्ज अर्जुन कुवर, नगर कमिटी सदस्य लम्धर भट्ट , पुर्ण बहादुर थापा , मोहन बि .क , रामप्यारी कुवर, अतिथि रहनु भएको थियो । वडा कमिटीका सम्पुर्ण पदाधिकारी तथा सदस्य लगाएत पार्टीमा आस्थावान विभिन्न भातृ संघ संगठनका प्रतिनिधिहरु र क्रियाशिल सदस्यहरु समेतको उपस्थिती रहेको थियो । कार्यक्रममा ८औं जिल्ला अधिबेशनका लागि ११ जना प्रतिनिधिहरु छनौट गरिएको छ ।वडा कमिटी उपाध्यक्ष सर्जन परियारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव नृप बि.क. ले गर्नुभएको थियो ।