नेपाली काङ्ग्रेस नगर कार्य समिति साफेबगरको बैठक सम्पन्न


पैरवी खबर

नेपाली काङ्ग्रेस नगर कार्य समिति साफेबगरको तेस्रो बैठक सम्पन्न भएको छ । नगर सभापति लालबहादुर कुवरको अध्यक्षतामा भएको बैठकमा उद्योग बाणिज्य संघ केन्द्रिय सदस्य एवं नेपाली काङ्ग्रेस जिल्ला सचिव पदका उम्मेदवार नरेन्द्र कुवर प्रमुख अतिथि रहनुभएको थियो । नेपाली काङ्ग्रेस क्षेत्र न.१प्रदेश ख ,का सभापति पदम खड्का बिशिस्ट अतिथि , युवा नेता पुस्प बिष्ट , गणेश कुवर जबारा , अतिथि रहनु भएको थियो । नेपाली काङ्ग्रेस साफेबगर नगरपालिकाका १४ वटा वडाका वडा सभापतिहरुको समेत उपस्थिति रहेको थियो । बैठकमा पार्टीका गतिविधिहरु निरन्तर रुपमा अगाडि बढाउने लगाएतका निर्णय भएका छन । नगर उप सभापति उज्ज्वल बोहराले स्वागत मन्तव्य राख्नुभएको बैठकको संचालन सचिव अनिल परियार (रैगाइले ) गर्नुभएको थियो ।