नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनको लागि अछामबाट कृष्ण प्रसाद जैसीलाई सिफारिस गरेको छ।
यस्तै कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावललाई समेत सिफारिस भएको छ। उनिहरु तिनै जनालाई खुल्लाबाट सिफारिस गरेको छ।
त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लालीराम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन्। महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द, कैलालीकी सन्तोष कुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन्।
सुदूरपश्चिममा तीन दलका तीन जनाको राष्ट्रिय सभाको चार वर्षीय कार्यकाल पुरा भएको छ।
कार्यकाल पुरा हुनेमा डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट काँग्रेसका तारा देवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर रहेका छन्। सुदूरपश्चिम प्रदेशमा माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुने छ।
-निराकरण खबरबाट