साफेबगर:नेपाल कम्युनिस्ट पार्टी (एमाले )जिल्ला कमिटी अछामको ८औं जिल्ला अधिबेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको छ ।नेकपाका नेता , जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन बिभाग प्रमुख प्रकाश शाहले पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । नेता शाहले बुढीगङ्गा नगरपालिका बार्हबिस बाजुरामा रहेको त्रिशक्ति मा .वि बाट एस.एल.सि उत्तीर्ण गर्दै बाजुरा बाट नै २० ४७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गर्नुभएको थियो । राजनीतिक सन्दर्भमा : २०४७ साल तिर आफ्ना परिवार , छिमेकीहरु अन्य राजनीतिक दलहरुसंग आबद्ध भएको अवस्थामा पनि आफू ; सामाजिक , आर्थिक समाज परिवर्तन , जन जिबिकोपार्जन का लागि नेकपा एमाले सधैं पक्षमा भएको कारणले एमालेमा नै आएको शाहले बताउनु भयो । नेकपा एमालेमा राजनीति यात्राको ३१ बर्ष र सक्रिय राजनीतिमा २९ बर्ष पुगेको छ। अछाम जिल्लाको हकमा २०४९ सालमा साफेबगरबाट राजनीति यात्रा शुरु गर्नुभएको थियो । विद्यार्थी राजनीतिमा २ बर्ष अनेरास्ववियु अछाम जिल्ला सह सचिवको भुमिका निर्वाह गर्दै २०५१ सालदेखि पार्टीको गाउँ कमिटी , वडा कमिटीमा सक्रिय भुमिका सहित आवद्ध हुनुहुन्थ्यो ।नेता शाह :२०५६ साल देखि २०६५ साल सम्म ईलाका कमिटी सचिव , ६६ सालमा भएको छैटौं जिल्ला अधिबेशनबाट जिल्ला कमिटी सदस्य , ६९ सालमा भएको सातौ जिल्ला अधिबेशनबाट पुनः जिल्ला कमिटी सदस्य तथा सचिवालयको जिम्मेवारी ,२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अछामको एकीकरणबाट हाल सम्म नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं संगठन बिभाग प्रमुख हुनुहुन्छ ।