स्व. ई .सुवासरा रेग्मी र ई.अर्जुन थापाको सम्झनामा सिडेन अछामद्वारा दीप प्रज्वलन


पैरवी खबर

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको थियो ।घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । सिडेन अछामको आयोजनामा मृतक इन्जिनियरहरुको सम्झनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम साफेबगरमा सम्पन्न भएको छ । दीप प्रज्वलनमा सिडेन सुदूरपश्चिम प्रदेश सदस्य ई .राजन खड्का , NEA सुदूरपश्चिम प्रदेश सदस्य उम्मेदवार ई .सरोज शाह , ई.रोशन साउद ,ई .सार्थक रेग्मी लगाएतको उपस्तिथि रहेको थियो इ
सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको हो। आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो ।