नेपाल कम्युनिस्ट पार्टी एमाले साफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डाै वडा कमिटी सचिवालयकाे बैठक सम्पन्न भएको छ ।वडा कमिटी अध्यक्ष राजेन्द्र कोलीको अध्यक्षतामा भएको बैठकमा आ .व.२०७८/७९ मा वडा भित्र संचालन हुने बिकास निर्माणका याेजनाहरुमा सहयाेग,समर्थनका साथै पार्टीको तर्फबाट अनुगमन गर्ने , यहि पाैष २३ गते सम्पन्न हुन गईरहेकाे अासन्न जिल्ला महाधिबेन सफल पार्न यस वडामा प्रचार,प्रसारका साथै पार्टीका गतिबिधिहरु तिब्र रूपमा अगाडि बढाउने लगायतका निर्णय गरिएका छन । कमिटीका उपसचिव भगवती कुवरले स्वागत मन्तव्य राख्नुभएको बैठककाे संचालन सचिब मुकेश थापाले गर्नुभएको थियो ।