अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले जिल्लामा रहेको विभिन्न विद्यालयहरुमा कमिटी गठनलाई निरन्तरता दिएको छ। जस अन्तरगत सोमबार महेन्द्र माध्यामिक विद्यालय बयलपाटामा २९ सदस्सीय प्रारम्भीक कमिटी गठन गरेको छ। अनेरास्ववियु जनाता बहुमुखि क्याम्पस बयलपाटा क्याम्पसका क्याम्पस कमिटी सचिव विन्दु बोहराको अध्यक्षतामा भएको कार्यक्रम मार्फत सुरेश भुलको अध्यक्षतामा २९ सदस्सीय क्याम्पस कसमटी गठन गरीएको हो। कमिटीको उपाध्यक्ष प्रतिभा खड्का, गोविन्द कर्मी, सचिव सन्देश भुल, सहसचिव फरदा मिया, किरण बोहरा, करन रावल लगाएत अन्य सदस्यहरु चयन गरीएका छन्। कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा क्याम्पस विभाग प्रमुख भिम बडाहित, जनता क्याम्पसका क्याम्पस कमिटी अध्यक्ष विदुर रावल, सहसचिव शर्माला रेग्मी लगाएतको उपस्थिति रहेको थियो। यस्तै अनेरास्ववियुले साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा रहेको तुका माध्यामिक विद्यालयमा पनि अनेरास्ववियुको प्रारम्भीक कमिटी गठन गरेको छ। अनेरास्ववियुले राज कुमार रावलको अध्यक्षतामा १५ सदस्सीय प्रारम्भीक कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा हर्क रावल, सुदिप बिक, सचिव सिर्जना कडायत, सहसचिव छाया कडायत, ओमकला रावल लगाएतका सदस्यहरु चयन गरीएका छन्। कार्यक्रममा अनेरा स्ववियुका साँफेबगर नगर कमिटी उपाध्याक्ष मिन रावल लगाएतको उपस्थिति रहेको थियो। यस्तै अनेरास्ववियुले साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाको स्थित बुढाकोट माध्यामिक विद्यालयमा पनि प्रारम्भीक कमिटी गठन गरेको छ। निर्मल थापाको अध्यक्षतामा प्रारम्भीक कमिटी गठन गरीएको छ। कमिटीको उपाध्यक्षमा सिर्जना कुँवर, सचिव समशेर कुँवर, सहसचिव भव्य कुँवर, छविराज कुँवर लगाएत १५ सदस्सीय कमिटी गठन गरीएको जनाईएको छ। कार्यक्रममा अनेरास्ववियु साँफेबगर नगर कमिटी सहसचिव लोकसरी कुँवर लगाएतको सहभागिता रहेको थियो।