नेपाल कम्युनिस्ट पार्टी एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाहले देश र देशको सिमा रक्षाका लागि अनेरास्ववियुले एकताका साथ उभिनु पर्ने बताउनु भएको छ। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु साँफेबगर नगर कमिटीको प्रथम सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता शाहले देश र देशको रक्षाका लागि अनेरास्ववियुले सधैं बाघ भएर काम गर्न जरुरी रहेको बताउनु भएको छ। उहाँले विद्यार्थीहरुले अध्ययनसंगसंगै अनुशासन र शिष्टताको पाठ सिक्न पनि जरुरी रहेको बताउनु भयो। यस्तै नेता शाहले विद्यार्थीहरुले देश परिवर्तनका लागि युवा तथा विद्यार्थीहरुको अहम भुमिका रहने भएकाले अध्ययनका साथै देश विकासका बारेमा पनि चासो राख्नु पर्ने बताउनु भयो। नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा अछाम सहइन्चार्ज सुरेन्द्र साउँदले अनेरास्ववियुले विद्यार्थीहरुको हक र अधिकारका लागि लड्दै आएको बताउनु भएको छ। नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु साँफेबगर नगर कमिटीको प्रथम सम्मेलनमा विशिस्ट अतिथिको असनबाट बोल्दै उहाँले दलित, गरिब र असहाय विद्यार्थीहरुलाई निशुल्क गुणस्तरीय शिक्षा र पाठ्यपुस्तकको व्यवस्था गर्न अनेरास्ववियु लागि परेको बताउनु भएको छ। उहाँले अनेरास्ववियुमा आवद्ध सबै विद्यार्थीहरुले देशको विकास र परिवर्तनका लागि पसिना बगाउन आवस्यक रहेको बताउनु भएको छ। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु साँफेबगर नगर कमिटीको प्रथम सम्मेलनमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य आकाश कुँवर, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ९ वडा अध्यक्ष ध्रुव बहादुर थापा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पुष्पराज भट्ट, युवा संघ नेपालका केन्द्रीय सदस्य दीपक कुँवर, नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुँवर, उपाध्यक्ष ललित रैगाई, एमाले नेता चक्र सुनार,बिएस ओड, भगवती कुँवर,नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष राजेन्द्र बगरकोटी, युवा संघका जितेन्द्र कुँवर, अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा क्याम्पस विभाग प्रमुख भिम बडाहित, अनेरास्ववियु अछाम प्रदेश क का इन्चार्ज नेत्र बहादुर शाह लगाएतको उपस्तिथि रहेको थियो। अनेरास्ववियु साँफेबगर नगर कमिटी सदस्य काजल रैकाले स्वागत मन्तव्य राख्नु भएको सम्मेलनको संचालन अनेरास्ववियु साँफेबगर नगर कमिटी संयोजक रेबन्त बिष्टले गर्नु भएको थियो। अनेरास्ववियु साँफेबगर नगर कमिटीले प्रथम सम्मेलनबाट सुरज बुढाको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरिएको छ। कमिटीको उपाध्यक्षमा मीन बहादुर रावल, अविसेक नायक, सचिवमा आरती नेपाली, सहसचिवमा लोकसरी कुँवर, काजल रैका, काेषाध्यक्षमा सुस्मिता बिक लगाएत ४८ जना नगर कमिटी सदस्य चयन भएका छन्।