अनेरास्ववियुद्धारा क्याम्पस तथा विद्यालयमा कमिटी गठन


पैरवी खबर

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले जिल्लामा रहेको विभिन्न क्याम्पसहरुमा कमिटी गठन सुरु गरेको छ। जस अन्तरगत बुधबार जनता बहुमुखि क्याम्पस बयलपाटामा १५ सदस्सीय क्याम्पस कमिटी गठन गरेको छ। अनेरास्ववियु बयलपाटा क्याम्पसका पूर्व क्याम्पस कमिटी सदस्य विदुर रावलको अध्यक्षतामा भएको कार्यक्रम मार्फत विदुर रावलकै अध्यक्षतामा १५ सदस्सीय क्याम्पस कसमटी गठन गरीएको हो। कमिटीको उपाध्यक्ष करिस्मा भुल, सचिव विन्दु रावल, सहसचिव शर्मिला रेग्मी र नेत्र कुमारी दास, कोषाध्यक्ष कमला विश्वकर्मा लगाएत अन्य सदस्यहरु चयन गरीएका छन्। अनेरास्ववियुका केन्द्रीय सदस्य सुरेन्द्र बहादुर साउँदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा आर्थिक विभाग प्रमुख नरेन्द्र बहादुर खड्का, जिल्ला कमिटी सदस्य तथा क्याम्पस विभाग प्रमुख भिम बडाहित लगाएतको उपस्थिति रहेको थियो। क्याम्पस कमिटीका उपाध्यक्ष करिस्मा भुलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन अनेरास्ववियु साँफेबगर नगर संयोजक रेबन्त बिष्टले गर्नु भएको थियो। यस्तै अनेरास्ववियुले साँफेबगर नगरपालिका वडा नम्बर ५ नवाठाना स्थित कृष्ण माध्यामिक विद्यालयमा पनि अनेरास्ववियुको प्रारम्भीक कमिटी गठन गरेको छ। अनेरास्ववियुले विकास ओडको अध्यक्षतामा २१ सदस्सीय प्रारम्भीक कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा उर्मिला बुढा, सचिव उमेस ठकुल्ला, सहसचिव शौरभ ठकुल्ला, शितल बोहरा लगाएतका सदस्यहरु चयन गरीएका छन्। यस्तै अनेरास्ववियुले साँफेबगर नगरपालिका वडा नम्बर ४ स्थित हिमालय ठूला माध्यामिक विद्यालयमा पनि प्रारम्भीक कमिटी गठन गरेको छ। निर्देशन कुँवरको अध्यक्षतामा प्रारम्भीक कमिटी गठन गठन गरीएको छ। कमिटीको उपाध्यक्षमा अंकित नायक, सचिवमा अविशेक भण्डारी, सहसचिव रचना भण्डारी, सिर्जना नाथ लगाएत २३ सदस्सीय कमिटी गठन गरीएको नाईएको छ।