नेकपा एमाले बुढाकोटको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न


पैरवी खबर

नेपाल कम्युनिस्ट पार्टी एमाले ९ न .वडा कमिटी बुढाकोटको प्रथम बैठक सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष झप्पर थापाको अध्यक्षतामा भएको बैठकमा युवा संघ नेपाल केन्द्रिय सदस्य दिपक कुवर प्रमुख अतिथि रहनुभएको थियो । प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य पुस्पराज भट्ट , जिल्ला प्रतिनिधि परिषद सदस्य धुर्ब थापा , नेकपा एमाले पुर्ब क्षेत्रीय सदस्य नर बहादुर कुवर , नगर सचिवालय सदस्य एवं वडा कमिटी इन्चार्ज अर्जुन कुवर , नगर कमिटी सदस्य भक्त कुवर,मोहन बि . क , पुर्ब नगर कमिटी सदस्य रामप्यारी कुवर, अतिथि रहनु भएको थियो । बैठकमा टोलहरुमा पार्टीका गतिविधि बारे रिपोर्टिङ गर्ने , कोष स्थापना तथा मासिक बैठक र पार्टीको निर्देशन अनुसार हरेक क्रियाकलापहरु गर्ने लगाएतका निर्णय गरिएका छन । वडा कमिटी सदस्य जगत थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सचिव नृप बि.क. ले गर्नुभएको थियो ।