नेकपा एमाले साफेबगर नगर कमिटीको बैठक सम्पन्न


पैरवी खबर

नेपाल कम्युनिस्ट पार्टी एमाले साफेबगर नगर कमिटी को बैठक सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष ललित कुवरको अध्यक्षतामा भएको बैठकमा जिल्ला सचिवालय सदस्य एवं संगठन बिभाग प्रमुख प्रकाश शाह , नगर कमिटी सह इन्चार्ज केशर मिया , रमेश कुवर ,प्रवासी नेपाली संघ केन्द्रिय सचिवालय सदस्य आकाश कुवर , जिल्ला कमिटी सदस्य झन्कर कुवर , चक्र सुनार , शंकर भुल , युवा संघ जिल्ला अध्यक्ष हिरिन्ड कुवर लगाएतको उपस्तिथि रहेको थियो । बैठकमा पार्टीका गतिविधिहरु निरन्तर रुपमा संचालन गर्ने निर्णय गरिएको छ । कमिटीका उपाध्यक्ष ललित नेपालीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सचिव ललित बोगटीले गर्नुभएको थियो ।