प्राबिधिक शिक्षा आजको आवश्यकता हो: रावल


पैरवी खबर

एकेन्द्र महता
पूर्व उपप्रधानमन्त्री भिम रावलले प्राबिधिक शिक्षा आजको आवश्यकता भएकाले प्राविधिक धारका बिद्यालयहरु संचालन गर्नु पर्ने बताउनु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डाै स्थित हिमालय ठुला माध्यामिक बिद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले युग सुहाउँदो शिक्षाको बिकासमा सबैले सहयोग गर्नु पर्ने बताउनु भएको छ। उहाँले शिक्षा विकासको पहिलो खुड्किला भएकाले शिक्षा बिकासमा आफू सदैव सहयोग गरि रहने बताउनु भएको छ। यस्तै स्वागत कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हर्क बहादुर कुँवर गोविन्दले भविष्यका कर्णधार प्रती उत्तरदायी हुनु पर्ने बताउनु भएको छ। उहाँले शिक्षा क्षेत्रको विकासका लागि सबैले अहम भुमिका रहनु पर्ने बताउनु भएको छ। यस्तै उहाँले सबैको साथ र सहयोगका कारण हिमालय माध्यमिक बिद्यालयलाई हिमालय ठुला माध्यमिक बिद्यालय सफल भएको बताउनु भएको छ। स्वागत कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाह, पशुपति कुँवर, रमेश कुँवर, एमाले नेता देव बहादुर कुँवर, नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुवर, उपाध्यक्ष ललित रैगाई, सचिव ललित बोगटी, युवा संघका दिपक कुँवर, हिरेन्ड कुँवर, जितेन्द्र कुँवर, प्रवासी नेपाली संघका नेता आकाश कुवर, मोहन लोहार, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ढकेन्द्र कुवर, प्रधानाध्यापक नेत्र बहादुर बुढा, बिद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी लगाएतको सहभागीता रहेको थियो। स्वागत कार्यक्रमको संचाललन शिक्षक कमल कुवर र शंकर नायकले गर्नु भएको थियो। स्वागत कार्यक्रम मार्फत ज्ञापनपत्र समेत बुझाईएको थियो।