कालिका आधारभूत विद्यालय खाडाका (नि.प्र.अ) सम्पर्क बिहिन ; परीक्षा संचालनमा अवरोध


पैरवी खबर

साफेबगर :मेल्लेख गाउपालिका वडा न ४ खाडा मा रहेको श्री कालिका आधारभूत बिधालय को मिति २०७८/०८/२० गते वि .ब्य .स .को निर्णय अनुसार मिति २०७८/०८/२३ गते प्रा वि राहत शिक्षक पद पुर्तिका लागि मंगलसेन शिक्षा बिकास समन्वय इकाईको समन्वयमा परीक्षा हुने निर्णय बमोजिम विद्यालयले प्रक्रिया पुर्याइ परिक्षार्थि ,वि . ब्य . स. अध्यक्ष ,मेल्लेख गाउँपालिका शिक्षा शाखा प्रमुख र करार शिक्षक छनोट समिति सदस्य सचिवको परिक्षा संचालन हुने मितिको बिहान संगसंगै भएको एका एक बि.ब्य.स.ले जिम्मेवारी तोकि सदस्य सचिव (नि प्र अ) गोमा साउदले बिद्यालयको छाप , लेटरप्याड , माइनुट पुस्तिका समेत लिइ मोबाइल स्विचअफ गरि सम्पर्क बिहिन रहेको निज गोमा साउद को गैर जिम्मेवारीले परिक्षा संचालनमा अवरोध हुन पुगेकाले तपशिलमा उल्लिखित ब्यक्तिहरुले आपत्ति प्रकट गरेका छन।
बिरेन्द्र बहादुर खड्का ( शिक्षा शाखा प्रमुख मेल्लेख गा पा)
सुरत बहादुर साउद ( वि.ब्य.स अध्यक्ष कालिका आ.बि)
लक्ष्मण गिरि ( शि.वि.स.इ मंगलसेन अछाम )