साफेबगर नगरपालिका ४ एअरपोर्ट बजार को होटल रोयल प्लाजा को माथिल्लो तलामा “फिट्नेस जीम क्लब “संचालन गरिएको छ । सा. न.पा . ०४ मस्टामाडौ निवासी रमेश कुवर ले करिब १२००००० अक्षरुपि बाह्र लाख बराबरको लगानीमा क्लब संचालन गरेका हुन । संचालक कुवरको यो क्षेत्रमा २ बर्षको अनुभव रहेको छ । उहाँले फिटनेस साइन मुम्बईमा अनुभव बटुलेका थिए ।यही मंसिर बाट संचालनमा आएको क्लब मा ३५ देखि ४० जनाको संख्या पुगेको छ। पहिलो चरणमा बिहान ५ बजे देखि ९ बजे सम्म र दोस्रो चरण बेलुका ५ देखि ८ बजे सम्म संचालन हुने गरेको छ ।