लैङ्गिक हिंसा बिरुद्ध जनचेतनामुलक कार्यक्रम सन्पन्न


पैरवी खबर

शेरबहादुर सार्की÷सुरत सुनार
कञ्चपुर, मङ्सिर २२ गते । शान्ति पुनस्र्थापना केन्द्र बेलौरी शाखाको आयोजनामा बेलौरीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामुलक कार्यक्रम सम्मपन्न भएका छन् ।
शान्ति पुनस्र्थापना केन्द्रको बेलौरी शाखाले बेलौरी नगरपालिकाको वडाका नं ३ को सरस्वती माविका लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले सो जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको हो ।
गत सोमबार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ३ स्थित सरस्वती मा.वि.मा गरिएको लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी विभिन्न कार्यक्रम भएपछि अबका दिनमा महिला हिंसामा केही कमी आउन सक्ने विश्वास भएको त्याहाँका स्थानीय महिलाले बताएका छन् ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई मध्यनजर गर्दै लैङ्गिक हिंसा विरुद्ध अभियानको १२औँ दिनमा जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको शान्ति पुनस्र्थापना केन्द्र शाखा कार्यालय बेलौरी शाखाका परामर्शदाता मनिषा न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजमा हुने गरेको महिला बेचविखन बलात्कार, महिला हिंसा बालविवाह तथा मानव ओसार पसार सामाजिक कुरिती तथा कु संस्कारको अन्त्य गर्ने उद्देश्यले सस्थाले यस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ ।”
बेलौरी शाखाका परामर्शदाता न्यौपानेले भन्नुभयो, “सिमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा मात्र नभएर गाउँ समाजमा हुने विभिन्न लैङ्गिक हिंसा तथा विभेदिकरण अन्त्यका लागि सम्बन्धित् निकायहरु सँग सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।”

शान्ति पुनस्र्थापना केन्द्रले मानव बेचविखनको क्षेत्रमा मात्र नभइ बालवालिहरु ,दलित तथा पीडित महिलाहरुको क्षेत्रमा पनि निकै सहयोग गर्दै आएको बैलौरी नगरपालिका पालिका वडा नं ३ का वडा अध्यक्ष नेत्रराज गिरीले बताउनुभयो ।
कन्चनपुरको गड्डाचौकीमा स्थापना भएको यो सस्थाले यो जिल्लामा मात्रै नभइ बाजुरा, बझाङ्ग, अछाम, बैतडी, डडेलधुरा, दार्चुला, कैलाली, डोटी जिल्लाका पीडित महिला तथा बालवालिकाहरुको समेत उद्धार गर्दै आएको छ वडा अध्यक्ष गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुदूरपश्चिमका नौ वटा जिल्ला लगायत अन्य जिल्लाबाट ददालको पन्जामा परेका पीडितहरुको घाउमा न्यायको मलम लगाउँदै आएको यो सस्थाले गरेको काममा वडापालिका सधै उच्च समान गरिएको बताउनुभयो ।”

पीडितको पैरवि गर्दै आएको यो संस्थाले अहिले स्थानीय स्तरका भएका महिला हिंसा बलात्कार जस्ता कुकार्य क्रियाकलापहरु पनि अन्त्य गर्न निकै सक्रियता देखाउँदै आएको छ ।
स्थानीय सरकार तथा गैरसरकारी सस्थाहरुले सधै हातेमालो गर्दै जाने हो भने लैङ्गिक हिंसा न्यूनिकरण गर्न कुनै असहज नभएको पीआरसी शाखा कार्यालय महेन्द्रनगरका परामर्शदाता नितु विष्टले बताउनुभयो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० मा सम्म पन्न गरिने यो महिला सिंसा विरुद्धको १६ दिने कार्यक्रमलाई लक्षित गर्दै यो सस्थाले कन्चनपुरका विभिन्न स्थानमा महिला हिसा न्यनिकरण गर्नेका लागि विभिन्न जनचेतनामसलक कार्यक्रम गर्दै आएको पीआरसी केन्द्र महेन्द्रनगर शाखाका सुपरभाइजर सम्झना पाठकले बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दल ,समाजसेवि, बुद्धिजीवि, पत्रकार , मानअधिकारीकर्मी सुरक्षाकर्मी शिक्षक तथा विद्यार्थी महेन्द्र शाखाका सुपरभाइजर सम्झना पाठक परामर्शदाता नितु विष्ट रबि चन्द लगायतको सहभागीता रहेको थियो ।