नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) अछामका १० वटै पालिकामा प्रथम भेला सम्पन्न भएका छन । आज अन्तिम दिन साँफेबगर नगरपालिकाको प्रथम भेला सम्पन्न भएसँगै १० वटै पालिकामा प्रथम भेला सम्पन्न भएको छन् । एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव, साँफेबगर नगर कमिटी ईन्चार्ज हिक्मत कुँवरको अध्यक्षतामा भएको साँफेबगर प्रथम भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) केन्द्रिय सदस्य, सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष, राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो । प्रथम भेलालाई सम्वोधन गर्दै केन्द्रिय सदस्य कुँवरले ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताउनुभएको छ । केन्द्रिय सदस्य कुँवरले एमालेमा रहदा ओलीको अहंकारी र दम्भका साथै सत्ता लिप्सा हावी भएका कारण आफुहरुले बिद्रोह गरेको भन्दै अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने दावि गर्नुभयो । उहाँले समाजवादी पार्टी प्रति लगाउने आरोप प्रत्यारोपलाई जनताले भण्डाफोर गरेको दाबि गर्नुभयो । गाउँ गाउँ बस्ति बस्तिबाट समाजवादी पार्टीको पक्षमा जनताको जनलहरले त्यसलाई पुष्टि गरेको केन्द्रिय सदस्य कुँवरको भनाई रहेको छ ।
प्रथम भेलामा वोल्दै एकिकृत समाजवादीका केन्द्रिय सदस्य, अछाम ईन्चार्ज, साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताउनुभयो । केपी ओलीको निरंकुश, तानाशाही, व्यक्तिवादी प्रवृतिविरुद्ध आन्दोलन गर्ने लगाउने भीम रावलले आन्दोलनको वाटो छोडेर केपीको शरणमा गएको बताउनुभयो । केपी ओली सरकारमा रहँदा प्रतिपक्षको भूमिका निर्वाह गर्ने रावलले केपी ओलीको सरकार विस्थापित पछि ओलीलाई साथ दिएका कारण उनलाई साथ नदिएको केन्द्रिय सदस्य कुँवरको भनाई रहेको छ । अछाममा एमालेलाई साथ दिने उपभोक्तावादी, लोभी, स्वार्थीहरुको झुण्ड मात्रै रहने उहाँको भनाई रहेको छ । एमालेलाई साथ दिने अछाममा उपभोक्तावादी, लोभी, स्वार्थीहरु मात्रै रहेकाले एमाले अव अछाममा शुन्यको अवस्थामा पुग्ने बताउनुभयो ।
भेलामा वोल्दै एकिकृत समाजवादीका केन्द्रिय सदस्य, अछाम सहईन्चार्ज, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री मिना साउदले केपी शर्मा ओलीले हावादारी गफ गरेर सरकारको समय बिताएको दावि गर्नुभयो । स्थिर सरकार हुँदा पनि सामान्य प्रयास समेत नगरेर एक्लै हिड्ने प्रयासले गर्दा संविधान र संघीयता कार्यान्वयमा ओलीले ध्यान नदिएको उहाँको भनाई छ । नेता भीम रावललाई लक्षित गर्दै केन्द्रिय सदस्य साउदले केपी ओली सरकारको विरोध गर्ने लगाउने अन्त्यमा आएर उनैलाई सहयो गरेका कारण रावललाई साथ नदिएको केन्द्रिय सदस्य साउदको भनाई रहेको छ । भेलामा वोल्दै समाजवादीका केन्द्रिय सदस्य, अछाम सहईन्चार्ज शंकर भण्डारीले ओली प्रवृतिबाट निराश भएर समाजवादीमा प्रवेश गर्नेहरुको संख्या बढेको तर्क गर्नुभयो । अछाममा पनि नेकपा एमाले छोड्ने लहर नै चलेको बताउनुभयो । भेलालाई एकिकृत समाजवादीका केन्द्रिय परिषद सदस्य अमृता खड्का, एकिकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शिवबहादुर कुँवर शिलोज, शेरबहादुर साउद, जीतबहादुर नीशानी डम्बर नेपाली, खड्क विष्ट, जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्ट, विर्मलादेवि वुड्थापा, जिल्ला कमिटी सचिव नवराज साउद, उपसचिव नमराज न्यौपाने, केशरी रेग्मी, नयन सोडारी, समाजवादी प्रेस संगठका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुँवर लगायतले वोल्नुभएको थियो । जिल्ला कमिटी सचिवालय सदस्य जयन्ति वोगटीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य लोचन स्वाँरले गर्नुभएको थियो ।