नेकपा माओवादी केन्द्र चाैरपाटि गाउँपालिका कमिटी अध्यक्ष जीवनविक्रम साउदको आर्थिक सहयोग तथा वडानम्वर ६ दुनीको वडा कमिटीको पहलमा खानेपानीको पाईपका लागि स्थानीयलाई सहयोग प्रदान गरिएको छ । खानेपानीको समस्यामा रहेका दुनीको रात्तिमाटे टोलमा मुजरा खानेपानीको लागि ४०० मिटर पाईप उपलब्ध गराईएको हो ।
सो टोलका अगुवा करन साउदलाई १३ हजार बराबरको ४०० मिटर पाईप पार्टीका गाउँपालिका कमिटी सचिवालय सदस्य दिर्घ बहादुर साउद र वडा कमिटी अध्यक्ष बहादुर साउदको रोहबरमा उपलब्ध हस्तान्तरण गरिएको जनाईएको छ । नेता जीवनविक्रम साउदले पाईप उपलब्ध गराएपछी आफ्नो टोलका १० घरधुरीका लागि खानेपानीको सहजता हुने स्थानीय करन साउदले बताउनुभयो ।
आफु सामाजिक व्यक्ति भएपछी गाउँघरको सामान्य समस्या समाधानका लागि व्यक्तिगत रुपमा भएपनी सक्दो प्रयास गरेको नेता साउदले बताउनुभयो । आगामी दिनमा पनि समाज विकासका लागि निरन्तर लागिरहने उहाँको भनाई छ ।