मेल्लेख गाउँपालिका काे भलिबल टिम लाई पालिकाद्वारा सम्मान


पैरवी खबर

मेल्लेख गाउपालिका काे भलिबल टिम लाई अाज मेल्लेख गाउँपालिका द्वारा एक कार्यक्रम बिच सम्मान गरेकाे छ । मेल्लेख गाउपालिका मा हिजाे सम्पन्न प्रथम अध्यक्ष कप र अन्य पालिका ले अाअायाेजना गरेकाे भलिबल प्रतियोगितामा सक्रिय सहभागिता जनइ प्रथम स्थान स्थान हुन सफल भइ मेल्लेख काे शिर उच्च राखि मेल्लेख गाउपालिका चिनाउन सफल भएको भन्दै गाउपालिका ले सम्मान गरिएकाे हाे । सम्मान कार्यक्रम मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का काे अध्यक्ष्ातामा भएकाे कार्यक्रममा
प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएकाे थियाे अध्यक्ष बाहराले सम्मान कार्यक्रम मा बाेल्दै मेल्लेख काे भलिबल टिम ले खेलकाे माध्यम बाट मेल्लेख काे पहिचान उच्च राखेकाे मा खेलाडी हरुलाइ बधाई तथा धन्यवाद दिनु भएकाे छ । खेलकुद क्षेत्रलाई थप अगाडि बढाउन पालिका र अाफ्नाे व्यक्तिगत रुपमा पुर्ण सहयोग साथै सबै ब्यबस्था गरिने बताएका छन । सम्मान कार्यक्रममा भलिबल खेल रेफ्रि प्रकाश अधिकारी भलिबल खेलाडी बाट अर्जुन ढुङ्गाना लगायत ले मनतव्य राखेका थिए ।मेल्लेख सामाजिक सुरक्षा शाखा का लक्ष्मण साउद काे स्वागत मनतब्य बाट सुरु भएकाे सम्मान कार्यक्रम काे संचालन शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर खडकाले गर्नु भएको थियाे ।