नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )को साँफेबगर नगरपालिका वडा नं -९ बुढाकोटको वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सदस्य सुरेश कुँवरको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदुरपश्चिम् प्रदेश कमिटी सदस्य
शिवबहादुर कुँवर शिलोज रहनुभएको थियो।
प्रथम भेलामा बोल्दै प्रदेश कमिटी सदस्य कुँवरले नेकपा एमाले बिचार सिद्धांतबाट बिचलित भएर बा प्रवृत्तिबा सन्चालन भएका कारण एमालेवाट बिद्रोह भएको बताउनुभयो । उहाँले केपि ओलि नवउदारवाद राजाको संज्ञा दिनुभयो । केपि ओलिको अहमताका कारण कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमत नजिकको सरकार गुमेको पनि धारण राख्नुभयो। प्रदेश कमिटी सदस्य जितबहादुर निशानीले समाजवादी पार्टी कुनै समुदायको पार्टी नभई आम जनताको पार्टी भएको बताउनुभयो ।
भेलामा बोल्दै प्रदेश कमिटी सदस्य हिक्मत कुँवरले भिम रावलले सदैब आन्दोलन र बिरोध गर्ने काम मात्रै सिकाएको बताउनुभयो । नेकपा एमालेको पार्टीको नेतृत्वमा सरकार हुँदा विरोध नगर्न सुझाव दिदा नमान्ने अन्त्यमा आएर केपि ओलिको साथ भिम रावलले दिएका कारण रावललाई साथ दिन नसकेको बताउनुभयो । यस्तै प्रदेस सदस्य कुँवरले
फागुन, चैत महिना भित्र साँफेबगर देखि बुढाकोटको बाटोको स्तरउन्नति हुने दाबी गर्नुभयो । जिल्ला कमिटी उपसचिव, साँफे नगर कमिटी ईन्चार्ज हिक्मत कुँवरले समाजवादी पार्टीले रोपेको विरुवाले चाँडै फल दिने दाबी गर्नुभयो । उहाँले एकीकृत समाजवादी पार्टीले लिएको विचारमा एमालेका नेता कार्यकर्ता चाँडै आउने बिश्वास व्यक्त गर्नुभयो । प्रथम वडा भेलालाई समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुँवर,एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नृप कुँवर, भरत खड्का, वुढाकोट माविका पुर्व प्रअ शंकर कुँवर लगायतले बोल्नुभएको थियो। वडा कमिटी सचीव दिपक विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन युवा संघका पुर्व जिल्ला कमिटी सदस्य लक्ष्मण थापाले गर्नुभएको थियो ।