साफेबगर :प्राज्ञिक विद्यार्थी परिषद नेपाल साफेबगर नगर ईकाइ समितिको एक दिवसिय नगर अभ्यास वर्ग सम्पन्न भएको छ। देशको आर्थिक सामाजिक सास्कृतिक र धार्मिक पुनउत्थान, राष्ट्रियता , राष्ट्रिय सम्पदाको संरक्षण र विकास गर्न शिक्षक,विद्यार्थी, शिक्षाविद्यलाई संगठित गर्दै एक शैक्षिक परिवारको परिकल्पनामा असल, चरित्रवान, नैतिकवान, ईमानदार अनुशासित जनशक्ति उत्पादन गर्ने उद्देश्यले राजनीतिक पार्टीको भात्री संगठन नरही एउटा स्वतन्त्र गैर राजनीतिक विद्यार्थी संगठनको आवश्यकता महसुस भएकोलेबयुवा शक्ति लाई प्रेरित गर्न उक्त अभ्यास वर्ग सम्पन्न गरिएको हो ।
अभ्यास वर्गबाट
अध्यक्षमा शिक्षक कृष्ण थापा, सचीवमा दामोदर भट्ट, सह सचीव रामचन्द्र उपाध्याय चेतराज खनाल, पत्रीका संयोजक सन्तोष कडायत,छात्रा प्रमुख अर्चना कुवर,सह छात्रा प्रमुख सरस्वती थापा ललिता साउद लगायत १८ सदस्यीय नगर ईकाइ समिति गठन गरिएको छ । साथै कोषाध्यक्ष कृष्ण धामी र पत्रीका संयोजक सन्तोष कडायतलाई जिल्ला समितिमा मनोनयन हुने भएका छन ।
कार्यक्रममा विद्यार्थी परिषदका केन्द्रिय सदस्य निर्मला स्वार, सुदुरपश्चिम सह सचीव सन्दीप महरा, नगर अध्यक्ष कृष्ण थापा, प्रदेश सदस्य जगदीश साउद, लगायतको सहभागिता रहेको थियो । दलगत र सत्तामुखी राजनीति भन्दा माथि रहेको विद्यार्थी परिषदले शैक्षिक तथा सामाजिक क्षेत्रमा विगत २५ बर्ष देखि आफ्ना रचनात्मक गतिविधि संचालन गर्दै आईरहेको र आगामी दिनहरुमानी गर्दै जाने सह सचिव महराले बताए ।