साफेबगर :भुमि अधिकार अभियान साफेबगर नगरपालिका स्तरीय दलित भुमि अधिकार युनियन को कार्यक्रम सम्पन्न भएको छ । संगठन निर्माण कार्यक्रमका संयोजक जितबहादुर निशानीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुलबहादुर कुवर रहनु भएको थियो । नगरपालिका का अन्य दलित अगुवाहरुको समेत कार्यक्रममा उपस्तिथि रहेको थियो । मनिष बिक को अध्यक्षतामा १५ सदस्यीय नगर स्तरीय भुमि अधिकार अभियान समिति गठन गरिएको छ । समितिले साफेबगर नगरपालिका का १४ ओटै वडाहरुमा भुमि सम्बन्धि काम गर्ने भएको छ ।