साफेबगर : नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजबादी ) साफेबगर नगरपालिका १२ खप्तडको प्रथम अधिबेशन सम्पन्न भएको छ । एकीकृत समाजबादिका जिल्ला कमिटी सचिवालय सदस्य बम रावलको अध्यक्षतामा भएको अधिबेशनमा एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य शिव बहादुर कुँवर शिलोजले प्रमुख अतिथिको आसनबाट बोल्दै : केपि ओलिको तानाशाही प्रवृत्तिको बिद्रोहको लागि अर्को बाटो लिएर अघि बड्ने आफैलाई सर्ब सत्ता सम्झिने केपिले जनमतको दुरुपयोग गरि जनतालाई दुख दिने कामको बिरोध मा अगाडि बढी समाजबाद्का लक्ष लाई अगाडि बढाउने धारणा ब्यक्त गर्नु भयो,।अधिबेशनमा नेकपा एकीकृत समाजबादी जिल्ला कमिटी उपसचिव हिक्मत कुँवर , जिल्ला कमिटी सदस्य भरत खड्का ,अनेरास्ववियु जिल्ला कमिटी सदस्य लाल ब रावल , हर्क रावल , किर्ती सिंह कडायत , बादुर भुल , मन ब रोकाया,अतिथि रहनु भएको थियो ।अ. जि. क.स. रावलले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन युवा नेता टेक रावलले गर्नुभएको थियो । अधिबेशनले बन्दसत्र बाट महेन्द्र बहादुर रोकायाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । जस्मा : उपाध्यक्ष बादुरे भुल , सचिव दान बहादुर रावल ,काेषाध्यक्ष ममिता देवी रावल , सह सचिव बुद्धि सिंह रावल ,सदस्य कैलाश कडायत , पदम कडायत ,अर्जुन कडायत, ,मुगा देवी कडायत,पता देवी रावल रहेका छन ।