एमाले विचार, सिद्धान्तबाट नभई बामालेहरुबाट सञ्चालित पार्टी हो – केन्द्रिय सदस्य कुँवर


पैरवी खबर

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तुर्माखाँद गाउँ संगठन कमिटी प्रथम भेला सम्पन्न भएको छ। समाजवादीका नेता लिला न्यौपानेको अध्यक्षतमा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो । प्रथम भेलालाई सम्बोधन गर्दै केन्द्रिय कमिटी सदस्य कुँवरले अव एमाले बामालेहरुको पार्टी भएकोे बताउनुभएको छ । एमाले पार्टी विचार, सिद्धान्त, कार्यक्रमबाट नभई बामालेहरुबाट सञ्चालित भएको उहाँको भनाई रहेको छ । जसले केपी शर्मा ओलीलाई रिझाउन भिजाउन सके उस्को मात्रै एमालेमा स्थान रहेको धारणा व्यक्त गर्नुभयो । केपी शर्मा ओलीका गतल प्रवृतिका विरुद्ध समाजवादी पार्टीले विद्रोह गरेका कारण एमालेसँग अव कुनै पनि हालतमा कार्यगत एकतादेखि पार्टी एकिकरणको सम्भावना नरहेको बताउनुभयो । उहाँले परिवर्तनका पक्षधर कम्युनिष्ट पार्टी विच वृहत एकिकरणको सम्भावना भने जिवितै रहेको बताउनुभयो ।
विशिष्ठ अतिथि केन्द्रिय सदस्य अछाम सहईन्चार्ज, शंकर भण्डारीले समाजवादीको पक्षमा जनलहर बढ्दै गएको बताउनुभएको छ । वडादेखि पालिकामा भईरहेको जनसहभागिताले समाजवादीको पक्षमा उत्साह बढ्दै गएको उहाँको भनाई रहेको छ । उहाँले एमालेबाट विद्रोह गरेर आएका अधिकांस युवा नेता कार्यकर्ता समाजवादीको पक्षमा रहेको बताउनुभयो ।
प्रथम भेलालाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर साउद, डम्बर नेपाली, जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्ट, जिल्ला कमिटी सचिव नवराज साउद, उपचिव नमराज न्यौपाने, डबल सिंह चलाउने, तुर्माखाँद गाउँपालिकाका ईन्चार्ज कुलबहादुर शाही, पन्चदेवल बिनायक नगरपालिका संगठन कमिटी ईन्चार्ज तिर्थराज ढकाल, अनेरास्ववियूका केन्द्रिय सचिवालय सदस्य विनोद धामी, युवा संघका केन्द्रिय सचिवालय सदस्य मोहन साउद लगायतले वोल्नुभएको थियो । समाजवादीका नेता हर्क वुढाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन झंकर वुढाले गर्नुभएको थियो ।