एकीकृत समाजवादी पन्चदेवल विनायक नगर संगठन कमिटीको प्रथम भेला सम्पन्न


पैरवी खबर

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पन्चदेवल विनायक नगर संगठन कमिटी प्रथम भेला सम्पन्न भएको छ। पन्चदेवल विनायक नगर संगठन कमिटी ललित शाहीको अध्यक्षतमा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो । प्रथम भेलालाई सम्बोधन गर्दै केन्द्रिय कमिटी सदस्य कुँवरले दस बुद्दे सम्झौता गर्ने १० भाईको एमालेको चितवन १० औं महाधिवेशनमा हरविजोग भएको दावि गर्नुभयो । उहाँले केपी शर्मा ओलीले दासत्व स्विकार गर्ने व्यक्तिलाई मात्रै केपी शर्मा ओलीले पार्टीमा स्थान दिएको धारणा व्यक्त गर्नुभयो । उहाँले अव सच्च कम्युनिष्ट व्यक्ति ढिलो चाँडो समाजवादी पार्टीमा आउने पनि जिकिर गर्नुभयो ।
भेलामा बोल्दै विशिष्ठ अतिथि केन्द्रिय सदस्य अछाम ईन्चार्ज, साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले एकताको नाममा भिम रावलले केपि शर्माको गलत कदमलाई समर्थन गरेका कारणलाई रावललाई साथ नदिएको केन्द्रिय सदस्य कुँवरको भनाई रहेको छ । रावलले सुरुमा जुन बाटो देखाएको थियो, आफू त्यही बाटोमा रहेको बताउदै रावलले आन्दोलनलाई धोका दिएर ओलिको शरणमा गएको जिकिर गर्नुभयो । केन्द्रिय सदस्य शंकर भण्डारीले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आन्दोलन गर्ने लगाउने अहिले एकताको नाममा केपिको दासत्व सहने व्यक्तिले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताउनुभयो । उहाँले केपि ओलिको गलत कदमका विरुद्ध एमालेबाट बिद्रोह गरेर समाजावादी पार्टीको निर्माण भएको ठोकुवा गर्नुभयो । प्रथम भेलालाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर साउद, डम्बर नेपाली, जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्ट, उपचिव नमराज न्यौपाने, युवा संघका केन्द्रिय सचिवालय सदस्य मोहन साउद, अनेरास्ववियूका अछाम जिल्ला कमिटी अध्यक्ष शंकर विष्ट लगायतले वोल्नुभएको थियो । जिल्ला कमिटी सचिवालय सदस्य सम्पति रावल स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन जिल्ला कमिटी सदस्य कमल अधिकारी गर्नुभएको थियो ।