साफेबगर :नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) साफेबगर नगर कमिटी को प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । नगर कमिटी सचिव प्रेम बिक को अध्यक्षतामा शुरु भएको अधिबेशनमा जिल्ला पार्टी संगठन इन्चार्ज कमरेड झपट साउदले प्रमुख अतिथीको आसन बाट बोल्दै : देशमा रहेका विभिन्न पार्टीका गतिविधिहरु देखेर जनताहरुको आकर्षक माओवादी केन्द्रमा बढेको , जनता अहिले अलमलमा र दोधारमा परेका छ्न त्यस कारण हिम्मतका साथ संगठन बिस्तार र समन्वयका लागि सशक्त अभियानका साथ गाउँ बस्तीमा जान पार्टीका नेता र कार्यकर्ताहरुलाइ आग्रह गर्नुभएको छ । केन्द्रिय उर्जा तथा जलस्रोत आयोगका सदस्य भरत बहादुर स्वार बिशिस्ट अतिथि रहनु भएको अधिबेशनमा : माओवादी केन्द्र जिल्ला कार्यदल सदस्य लोक बहादुर बोहरा अविरल , सुरत भुल , टङ्क रावल , मनोज रावल , रंग ठकुल्ला , गङग रावत , नेकपा एमाले साफेबगर नगर कमिटी अध्यक्ष ललित कुवर , एकीकृत समाजबादीका प्रतिनिधि लोचन स्वार ,अखिल क्रान्तिकारी केन्द्रिय सचिव मदन कुमार भुल रोशन, माओवादी केन्द्र चौरपाटी गाउपालिका अध्यक्ष जीवन बिक्रम साउद अखिल क्रान्तिकारी सु प प्रदेश उपाध्यक्ष बैजन्ती कुवर , अतिथि रहनु भएको थियो , पार्टीका विभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरु , लगाएत अन्य समाजसेवी ,बुद्धिजिबि आम जन समुदायको भब्य उपस्थिति रहेको थियो । समाज परिवर्तनका निम्ति जन क्रान्तिका गितहरुमार्फत स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति अधिबेशनमा रहेको थियो । माओवादी केन्द्र साफेबगर नगर कमिटी सदस्य मिना अधिकारी ( कुवर) ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन विद्यार्थी नेता मीन बाब्ली मिलन ले गर्नुभएको थियो । अबको केहि समय पछि बन्दशत्र शुरु भइ नयाँ कमिटी चयन गरिने छ ।