क्रान्तिकारी बिचार सुदृढ संगठन र समृद्ध समाजको महा अभियान ,समाजबादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिबेशन भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र )मेल्लेख गाउँपालिकाको प्रथम अधिबेशन भब्य समारोहका साथ सम्पन्न भएको छ ।अधिबेशनमा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य , सुदूरपश्चिम सह इन्चार्ज एवं सु.प.प्रदेश सरकार माननीय मुख्य मन्त्री कमरेड त्रिलोचन भट्टले प्रमुख अतिथिको आशनबाट बोल्दै देशलाई समग्र रूपमा परिवर्तन गर्न चाहने , यसको श्रेय माओवादी केन्द्रले गरेको दशबर्से जनयुद्ध लाई जाने र आफ्नो घरको नजिक जनताले सरकार पाएको ,यो देन नेकपा माओवादी केन्द्रको रहेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य तरामान स्वार बिशिस्ट अतिथि रहनु भएको थियो :समाजबादी क्रान्ति गर्न को निम्ति सबै मिल्नु पर्छ त्यस पश्चात् समाज रुपान्तरणको परिकल्पना गर्न सकिने र मेल्लेखमा माओवादीमय भएको , यो जोस र जागर उमंगलाई कहिले पनि सेलाउन नदिन सबैमा आग्रह गर्नु भएको छ् ।अधिबेशनमा नेकपा माओवादी केन्द्र अछाम जिल्ला इन्चार्ज झपट साउद , माओवादी केन्द्र डोटी जिल्ला इन्चार्ज शिव सिंह ओलि , माओवादी केन्द्र प्रदेश कमिटी सदस्य दिपक साउद , प्रदेश कमिटी सदस्य एवं मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा , मा. के प्रदेश कमिटी सदस्य इश्वरी खड्का माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य राम बहादुर थापा , जिल्ला कमिटी सदस्य वीर बहादुर साउद , भिम ब बुढा , बलाराम उपाध्याय ,अखिल क्रान्तिकारी नि बर्तमान केन्द्रीय सचिव मदन कुमार भुल रोशन , मा .के जिल्ला कमिटी सदस्य टेकबहादुर साउद ,मा .के जिल्ला सल्लाहकार सदस्य : देब साउद , डम्बर बुढा , प्रजित साउद रन ब बुढा , माओवादी केन्द्र चौरपाटी गाउँपालिका कमिटी अध्यक्ष जीवन बिक्रम साउद , नेकपा एमाले प्रतिनिधि सुरेन्द्र साउद ,नेपाली काङ्ग्रेस मेल्लेख सभापति खगेन्द्र साउद , एकीकृत समाजबादी मेल्लेख का सचिव टेकबहादुर साउद , मा . के धनगढी जिल्ला कमिटी सदस्य राधिका साउद , लगाएत पार्टीका विभिन्न भातृ संघ संगठन का प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । नेपाली काङ्ग्रेस र नेकपा एमाले परित्याग गरि १५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छ्न ।अधिबेशनमा मेल्लेख गाउँपालिकाका सहिद परिवारलाई प्रमुख अतिथि भट्टको हातबाट खादा तथा माला लगाएर सम्मान गरिएको र गाउँपालिका द्वारा निर्माण गरिएका विभिन्न भौतिक संरचनाहरुको समेत अवलोकन गरिएको छ ।मेल्लेख गाउँ कमिटी अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षता तथा मा. के जिल्ला सल्लाहकार सदस्य टन्का बिक को स्वागत मन्तव्य बाट शुरु भएको अधिबेशनको संचालन जिल्ला कमिटी सदस्य गम्भीर साउदले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय सास्कृतिक झलकहरु समेत प्रदर्शन गरिएका थिए ।